काठमाडौं । प्रदेश १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिका नेता तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन घाइते भएका छन् ।

विराटनगरमा पहिचान आन्दोलनका शहीद पदल लिम्बू ‘लाजेहाङ’को शव र्यालीका क्रममा प्रहरीले दमन गर्दा अध्यक्ष येक्तेन सामान्य घाइते भएका हुन् ।
अध्यक्ष येक्तेनसँगै अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष देवान राई, बिराटनगर महानगरपालिका सदस्य चन्द्र कुमार राई, सुनसरी इटहरी-२ का डेनिस राई, शिबसतासी-८, सन्त कुमार शेर्मा, राजकुमार शेर्मा लगायत छन ।
अहिले उनीहरुको पारस अस्पतालमा उपचार भइरहेको छ । अहिले स्थिती साम्य भएपछि शव यात्रा पुनः प्रारम्भ भएको छ भने हाले विराटनगरको लोकतान्त्रिक चोकमा कोणसभा भइरहेको छ ।
शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले अश्रुग्याससहित रबरको गोली समेत चलाएको हो । अहिले झडप केही साम्य भएपछि शव यात्रा पुनः प्रारम्भ भएको छ भने हाले विराटनगरको लोकतान्त्रिक चोकमा कोणसभा भइरहेको छ ।
यो पनि पढ्नुहोस्











