Logo
Logo

मधेशका मुख्यमन्त्री सरकारी गाडी चढेर मतदानस्थल पुगेपछि…



काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा आज स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा सरकारी सवारी साधनको प्रयोग गरी पचरौता नगरपालिका क्षेत्र गएको भन्दै आयाेगले २४ घण्टे स्पष्टिकरण माग गरेको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए।

आयोगले सोधेको छ, ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइनरु तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैनरु निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्नेरुु

प्रतिनिधिसभा सदस्यको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ । तनहुँ १ बारा २ र चितवन २ मा भइरहेको उपनिर्वाचनका लागि आयोगले गत बिहिबार रातीदेखी आचारसंहिता लागु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्