Logo
Logo

चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु


1.4k
Shares

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरू भएकाे छ । दुई पक्षबीच विवाद हुँदा स्थगित भएको मतदान पुन: सुरु भएको हो ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछाने पुग्दा उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

दइ पक्षबीच भनाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्