Logo
Logo

कर्णालीका मुख्यमन्त्रीले मागे विश्वासको मत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दै भने, ‘मुख्यमन्त्रीको आफू, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’ उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको बताउँदै त्यसका लागि सबै राजनीतिक दलहरु त्यसविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।

प्रदेश सरकारको कामकारबारीका लागि ६१बुँदे निर्देशन जारी भइसकेको जानकारी गराउँदै उनले त्यसको कार्यान्वयन देखिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्