Logo
Logo

किर्ते मुद्दामा पूर्वसांसद खातुन कारागार चलान


2.1k
Shares

विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशका पूर्वसांसद गुलेफुन खातुन कारागार चलान भएकी छन् । जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो ।

सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत मोरङले उनमाथि एक वर्ष कैदको फैसला गरेको थियो । जिल्लाको फैसलालाई उच्च अदालत विराटनगरले सदर गरेको थियो ।

उच्च अदालत विराटनगरको फैसलाविरुद्ध खातुनले सर्वोच्च अदालतमा सुनुवाइका लागि निवेदन दिएकी थिइन् । तर, सर्वोच्चले उनको निवेदनमा २०७९ जेठ २५ गते निस्सा नदिने आदेश दिएको थियो । सर्वोच्चबाट निस्सा नपाएपछि पुनः सुनुवाइका लागि निवेदन दिएर जिल्ला अदालतमा उपस्थित भएकी खातुनलाई कारागार चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्