Logo
Logo

देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढौं : ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढ्न सबैमा आग्रह गरेका छन् ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले जननेता भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन गर्न पनि आग्रह गरेका छन् ।

२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो । यो रहस्यमय दुर्घटनाको पर्दा अझै उघारिएको छैन ।

उनले भनेका छन्– ‘आज जेठ तीन गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस । यस पीडादायी दिनमा हामीले जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएका थियौं । श्रद्धेय मदन–आश्रितप्रति म अत्यन्तै श्रद्धाभावपूर्ण उच्च सम्मान अर्पण गर्दछु । जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन गरेर देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्न सबैमा आग्रह गर्दछु ।
भावपूर्ण श्रद्धासुमन कमरेड मदन–आश्रित !!

प्रतिक्रिया दिनुहोस्