Logo
Logo

‘राजनीति र कम्युनिष्ट आन्दोलनलाई जोगाउन चूनौति छ’


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति रहेको बताएका छन् ।

बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति रहेको बताएका हुन् ।

उनले नीति भन्दा नेता प्रधान, सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे । नेता नेपालले अहिलेको परिस्थीतिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्ने मिलेर तयार रहेको बताए ।

अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सहि बाटोमा लिएर जाने अभियान स्मरण गरे । उनले मदन–आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो संग छानविन हुन नसकेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्