Logo
Logo

पशुपति क्षेत्रका पसलेलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता


630
Shares

काठमाडौं । पशुपति विकास कोषले पशुपति क्षेत्रभित्रका व्यापारीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै कोषले पसलसँगै पार्किङ व्यवस्थापन गर्दै आएका व्यवसायीलाई कोषले ३ दिनभित्र बक्यौता बुझाउन भनेको हो ।

तोकिएको समयभित्र बक्यौता नबुझाए कालोसूचीमा राखेर चल–अचल सम्पत्ति जफत गर्ने समेत कोषले चेतावनी दिएको छ ।
भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन क्षेत्रका पसलहरुले बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्