
जनकपुर । मधेश प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।











