Logo
Logo

बिपदको मूख्य कारण डोजरे विकास संस्कृति : मन्त्री श्रेष्ठ



चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री ग‌गानारायण श्रेष्ठले बिपद्को मुख्य कारण प्रकृतिलाई घाउ लगाएर डोजरे संस्कृतिको विकास रहेको बताएका छन् ।

विहिबार चितवनको नारायणी तिरमा आयोजित उद्दार संयुक्त अभ्यास कार्यक्रममा मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले वातावरण मैत्री विकासको बारेमा गम्भीरतापूर्वक सोच्न नसक्दा बिपद्को सामना गर्न परेको बताए ।

असिमित आवश्यकताहरुलाई सम्बोधन र समाधान गर्ने क्रममा जथाभावी भौतिक पूर्वाधार निर्माण गरिनु नै बिपद्को प्रमुख कारक बन्न गएको मन्त्री श्रेष्ठको भनाई छ । मन्त्री श्रेष्ठले जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारका प्रतिनिधिहरुको विकासको संस्कृति निर्माण गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

‘भौगर्भिक अध्ययन नगरि जथाभावी वस्ती विकास गरिरहेका छौँ । जसले मानव जीवन जोखिममा पर्ने विकास नै धेरै महङ्गो पर्न गएको छ । एकातिर प्राकृतिक विनास हुने र अर्कोतिर एकिकृत वस्ति विकासको योजना बिना विकास गर्न खोज्दा अनेक प्रकारका बिपद् निम्त्याइरहेको र दोहोररिरहने प्रति सचेत रहदै सबैले नीतिगतरुपमा नै सोच्नुपर्ने बेला भएको छ’, मन्त्री श्रेष्ठले भने ।

नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीलगायतका सुरक्षाा निकाय र प्रशासनिक संरचनामा रहेकाहरुलाई नीति निर्माण गर्दै गर्दा समन्वय र परिचालन गर्न जरुरी रहेको मन्त्री श्रेष्ठले बताए । नीति निर्माणमा भोटको राजनैतिक सोचले काम गर्दा प्रकृतिको विनाश बढ्दै जानेतर्फ सचेत गराउँदै र वडा स्तरमा बिपद् स्वयमसेवकहरु तयार गरि समुदायस्तरमा बिपद् सम्वन्धी जनचेतना अभियान सन्चालन गर्नुपर्ने समेत मन्त्री श्रष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठले प्रविधिमा जोड दिएर वातावरण र पर्यावरण मैत्री संस्कृतिको निर्माण गर्नुका साथै संरचनागत तयारी, दक्ष जनशक्ति निर्माण, उद्दार र राहत सामग्रीको भण्डारण, जोखिमयुक्त पालिकामा मनसुन पूर्व नै आर्थिक सहयोग गरि जनतालाई खतराको सूचना दिनेलगायतका कार्य गर्न सके बिपदबाट बच्न सकिने र क्षति न्यूनिकरण हुँदै जाने सक्ने बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट र रेडक्रसकले जल उद्दार संयुक्त अभ्यासका नक्कल प्रदर्शनी गर्नुका साथै बिपदसँग सम्वन्धित सामग्री र उपकरणको जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागि संघ संस्थाहरुलाई मन्त्री श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए । मन्त्रालयका सचिव ध्रुव गैँडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका बाहीनीपति होमनाथ दवाडी, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश प्रहरीका कार्यालय प्रमुख किरण राणा, सशस्त्र प्रहरी बलका बाहीनीपति लक्षमण बहादुर सि‌ह, मन्त्रालयका उपसचिव दिपक न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्