Logo
Logo

नरैनापुर गाँउपालिका अध्यक्षसहित ७ जना अन्तर्राष्ट्रिय जनसेवाबाट सम्मानित


756
Shares

नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ ।

बिहिबार नेपालगञ्जमा आयोजित ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान’ कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहसहित सात जना वरिष्ठ व्यक्तिहरुलाई सम्मान गर्नुका साथै १३० जना मुस्लिम जनप्रतिनिधिलाई माया चिनो प्रदान गरिएको हो ।

मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानका अनुसार बरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा उनले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरे ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु थिए ।

प्रतिक्रिया दिनुहोस्