
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदराम भुसालले कपिलवस्तुका उखु कृषकको माग सम्बाधेन गर्न सकारात्मक देखिएका छन् ।
कृषकको तर्फबाट कपिलबस्तु किसान संघका अध्यक्ष अनुप चौधरी लगायतको छलफलमा मन्त्री भुसालले उद्योग वाणिज्य र अर्थ मन्त्रालयसंग बुझेर धर्नामा बसेका उखु किसानका माग पुरा गर्न थप पहल गर्ने बताएका हुन् ।
सो क्रममा चौधरीले उखु किसानलाई अनुदानस्वरुप दिन भनिएको करिब ३ करोड रुपैयाँ २०७१ सालदेखि उखु मिलबाट नपाएको भन्दै आफूहरु चरम पीडामा परेको बताएका थिए ।
मन्त्री भुसालले सरकारले उद्योगीलाई रकम दिएर पनि उनीहरुले किसानलाई नदिएको पाइए कानुनअनुसार कारबाही गरिने बताए । माइतीघरमा धर्ना बसेर मात्रै केहि नहुने भन्दै मन्त्री भुसालले सम्बन्धित मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराउन आग्रह गरे ।














