काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बुर्क्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बुर्क्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् ।
बुर्क्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ती, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले उक्त परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने बताए ।
भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने बताए ।
गृहमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराए ।
‘परियोजनाका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनु भएको थिया । भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरुमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ती, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नु भएको छ ।’











