Logo
Logo

भिम लामाको अध्यक्षतामा समाजवादी प्रेस संगठन काठमाडौंको नयाँ कार्यसमिति चयन


4k
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल काठमाडौंको अध्यक्षमा भिमबहादुर लामा चयन भएका छन् ।
शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगरमा आयोजना भएको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भिमबहादुर लामाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिको चयन गरिएको हो ।

भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष लामाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकारको महत्वपूर्ण योगदान रहेको बताए ।
प्रथम अधिवेशनले पत्रकारहरूको वृत्तिविकास र हक हितका लागि, सुचना विभागले प्रेस स्वतन्त्रता माथि लगाउन खोजेको अंकुश, न्युनतम पारिश्रमिक निर्धारण, विज्ञापन बोर्डको पछिल्लो निर्णयहरूको विरोध गर्दै ध्यानाकर्षण गराउने प्रस्तावसमेत पारित गरेको छ ।
अधिवेशनमा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीलगायत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्