Logo
Logo

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री जम्कटेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसबाट पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्का वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमानलाई श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्