Logo
Logo

संघीय संसद्का दुबै सदनको संयुक्त बैठक बस्दै


630
Shares

काठमाडौं । बुधबार संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक कक्षमा अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको छ ।

गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्