Logo
Logo

…त्यसपछि मन्त्री मोदी टुप्लुक्क आइपुगे


2.3k
Shares

काठमाडौं । बुधबार संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । सोही क्रममा आजको बैठकमा मन्त्री नआएको भन्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकको काम कारवाही आरम्भ हुँदा नियमावलीको नियम ६ को उपनियम ५ मा प्रतिनिधिसभाको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बैठकमा नदेखिएपछि बैठक प्रक्रिया अघि बढ्ने र छलफल हुने कुरा अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्दै बर्तौलाले नियमापत्ति जनाएका हुन् ।

बर्तौलाले नियमापत्ति जनाएलगतै मन्त्री मोदी सभाहलमा प्रवेश गरे । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्री सानाे कामले बाहिर गएकाे र अहिले आइसकेकोले बैठक अघि बढ्ने जानकारी गराउँदै बैठकलाई निरन्तरता दिए ।

प्रतिक्रिया दिनुहोस्