Logo
Logo

ओलीका स्वकीय सचिवको प्रस्टीकरण- केशव दुलालसँग मेरो चिनजान छैन


8.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पोल्ने केशव दुलाललाई चिन्दै नचिनेको बताएका छन् ।

उक्त प्रकरणमा पक्राउ परेका दुलालले बालुवाटारमै पुगेर उनलाई एक करोड दिएको बयान दिएको समाचार छापिएपछि बज्राचार्यले त्यसको खण्डन गरेका हुन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत अभियुक्त केशव दुलाललाई चिन्दै नचिनेको र नेपालीलाई अनागरिक बनाई विदेश पठाउँने कुरा आफ्नो सरोकारको विषय नभएको पनि बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन।’

प्रतिक्रिया दिनुहोस्