Logo
Logo

मुकुल ढकालले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हाल्ने


2.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख रुपैयाँ मागेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी र व्यक्तिको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन यस्ता प्रकारका समाचार सार्वजनिक गरिएको दाबी गरेका छन् । प्रवक्ता ढकालले समाचारमा आएका कुनैपनि कसुर प्रमाणित भए जस्तो सुकै सजाय भोग्न तयार रहेको बताए ।

यसप्रकारको अफवाहपुर्ण समाचारले आफूहरुको मानहानी भएको भन्दै अदालतमा मानहानीको मुद्दा दर्ता गर्ने उनले जनाएका छन् । उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्