Logo
Logo

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले मंगलबार सबै जिल्लामा प्रदर्शन गर्ने


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

पार्टीको मोर्चा संगठन विभागको बैठकले जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको हो । काठमाडौंमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको छ ।

पार्टीका नेता–कार्यकर्ताले यसअघि काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास हुनसक्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरु दबावस्वरुप विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्