Logo
Logo

औंला ठड्याउँदै टेकनाथ रिजालले भने- को देश बेचुवा ?



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अभियनेग प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजाल सर्वसाधारणसँग झोँक्किएका छन् ।

शुक्रबार बयानका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा लगिएको थियो । बयान दिएपछि प्रहरीले उनलाई आफ्नो भ्यानमा राखेको थियो । सो क्रममा सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने भन्दै आक्रोश पोखेपछि उनी गाडीबाट उत्रिएर सर्वसाधारणसँग झोँक्किाएका हुन् ।

एक जना सर्वसाधारणाले ‘देश बेचुवा गए’ भनेर आक्रोश पोखेका थिए । त्यो सुनेर आक्रोशित मुद्रामा गाडीबाट उत्रिएका रिजालले ‘को देश बेचुवा ? चिन्नु पर्दैन’ भन्दै औंला उठाएका थिए । विवादकै क्रममा प्रहरीले उनलाई गाडीमा हालेको थियो । तर, सडकमा रहेका ती सर्वसाधारण भुटानबाट आएर हाम्रो देश बेच्ने भन्दै आक्रोशित मुद्रामा बोलिरहेका थिए ।

भुटानी नेता रिजालको हातमा हतकडी थिएन । त्यसैले पनि उनलाई सर्वसाधारणमाथि औँला उठाउन सहज भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई शुक्रबार (आज)देखि बयान लिन सुरु गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौं यस प्रकरणमा ३० जनाविरुद्ध विभिन्न चार वटा कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तको बयान सुरु भएका हो ।

प्रतिक्रिया दिनुहोस्