Logo
Logo
प्रतिनिधिसभा बैठक

सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी


504
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिन पाएका थिएनन् । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय उठाएका थिए । त्यसपछि एमालेका सांसदहरुले संसद बैठक अवरोध गरेका थिए ।

शनिबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर संसदको अवरोध हटाउनेबारे छलफल गरेका थिए ।

बैठकमा सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउने शर्तमा संसदको अवरोध हटाउन एमाले सहमत भएको थियो । सो सहमति अनुसार बैठकको सुरुमै सभामुख देवराज घिमिरे सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए आज संसदबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्