Logo
Logo

सरकारको ध्यान तमाम बेथितिहरूमा छ : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको छानबिनमा मात्रै नभई अन्य तमान बेथितिहरूमा समेत रहेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा रहेका बेथिति अन्त्यका लागि संसद् र राजनीतिक दलहरूले साथ आवश्यकता रहेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको ध्यान नक्कली शरणार्थी प्रकरणमा मात्रै होइन, अन्य तमाम बेथितिहरूमा पनि सरकारको ध्यान छ । चाहे त्यो सम्पत्ति शुद्धीकरणमा होस्, चाहे राजस्वसँग सम्बन्धित कुरा होस्, चाहे अन्य तमाम बेथितिका कुरा हुन् ती सबैमाथि ध्यान छ ।’

उनले कदम–कदम गरेर ती सबै सच्याउनुपने बताउँदै भने, ‘त्यसका निम्ति संसद् र सबै राजनीतिक दलको सहयोगको आवश्यकता छ ।’ उनले प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई अवसर र चुनौतीका रूपमा लिँदै भन्दै सोहीअनुसार अगाडि बढिरहेको पनि बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई नछोड्न र दोषीलाई कुनैपनि हालतमा पर्न नदिन गृह प्रशासन र प्रहरी प्रशानलाई निर्देशन दिएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरण पहिलेदेखि चल्दै आएको विषय वर्तमान सरकारको पालामा छानबिन भएको र त्यो स्वाभाविक रहेको उनको भनाइ छ ।

उनले भने, ‘काम गर्दै जाँदा नक्कली भुटानी शरणार्थी प्रकरण आएको छ । यसबीचमा प्रधानमन्त्रीको हैसियतमा सरकारको तर्फबाट गृह प्रशासन र प्रहरीलाई लगातार भनेको कुरा यत्तिमात्रै हो– यो अलि पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको अनुसन्धान पनि होइन । यो सरकारकै पालामा सुरु भएको कुरा पनि होइन । यो सरकारले आविस्कार गरेर भ्रष्टाचारविरोधी अभियान सुरु भएको पनि होइन । हिँड्दै जाँदा देखाप-यो । यो विषयमा कोही पनि दोषी यो प्रक्रियामा संलग्न नछुटुन्, कोही पनि निर्दोष कुनै हालतमा पर्न नजाउन् भन्ने मान्यताको आधारमा स्ट्यान्डिङ अर्डर गृहमन्त्रालय र प्रहरी प्रशासनलाई दिएको हो । म त्यहाँबाट दायाबाया भएको देख्दा आफ्नो ठाउँबाट हुने हस्तक्षेप गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्