Logo
Logo

रेशमबारे सरकारको प्रष्टीकरण- कानून बाहिरबाट निर्णय गरेको छैनौँ


5.6k
Shares

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिने निर्णय कानुनभन्दा बाहिरबाट नगरेको जनाएको छ ।

आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले टिकापुर घटनाका प्रमुख दोषी रेशम चौधरीलगायतलाई कानुनसम्मत माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रष्टीकरण दिएका हुन् ।

‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ । हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन’, उनले भने, ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’

प्रतिक्रिया दिनुहोस्