विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । प्रदेशसभाको बैठकमा बोल्दै मन्त्री लिम्बूले स्वास्थ्य मन्त्रालयमा आफू बस्ने चेम्बरमाथि सरकारपक्षबाट समेत गोली र अश्रुग्यास हानिएको आरोप लगाईन् ।

‘पहिचान पक्षधरको शान्तिपूर्ण आन्दोलनलाई विथोल्ने काम भएको छ । सरकारपक्षबाट म बस्ने मेरो चेम्बरमा गोलि हानिएको छ । सबैले हेर्न सक्नु हुन्छ । यसको न्याय कसले दिने । त्यो गोली मलाई लाग्न सक्थ्यो । यस्तो अवस्थमा पनि प्रदेश सरकार कान बन्द गरेर बस्न सक्छ । यदि त्यस्तो हो भने भोली मैपरि आउने समस्याको जिम्मेवारी कसले लिने’, उनले भनिन् ।
आफुनो गल्ती भए फासीको सजाय भोग्न तयार भएको भन्दै उनले पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्तामा समेत बोलाउन नसक्नुको कारण माग गरिन् ।

‘सरकारले गोली ठोक्ने मलाई । यता पहिचान पक्षधरले ढुंगा हान्ने मलाई । मेलै के गल्ति गरे । मलाई यो हाउसबाट पनि जवाफ चाहिन्छ । सिंगो प्रदेशको औषधिहरु भएको ठाउँ स्वास्थ्य मन्त्रालयभित्र अश्रुग्यास हान्दा के हुन्छ । हेर्दा हेर्दै सुरक्षाकर्मीबाट मन्त्रालयभित्र अश्रुग्यास हानियो । मलाई सुरक्षाको ग्यारेन्टी चाहिन्छ मलाई । मेरो गल्ति छ भने फासीको सजाय भोग्न तयार छु । तर विना गल्तीको सजाय म कुनै हालतमा भोग्न तयार छैन । सुरक्षाकर्मीको भरमा हामी कति दिन जनताको काम गर्छौैं । जनताको बजेट पचाउनलाई मात्र हो कि के हो ? यो प्रदेश सरकारले आन्दोलनकारीहरुलाई वार्तासम्म बोलाउन नसक्नुको कारण के हो ? त्यसको मूख्य टार्गेट दुई वटै एगंलबाट मलाई पार्नुको कारण के हो ?,’ उनले प्रश्न गरिन् ।
आफुले पहिचान पक्षधरको मुद्धा राख्दा-राख्दै पनि आन्दोलनकारी र सरकारले नै टार्गेटमा राखेको र आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गरिन् ।
‘मैले प्रदेशको नाम पहिचानसहितको हुनुपर्छ भन्ने कुरा राख्दा–राख्दै पनि आन्दोलनकारी र सरकारबाटै पनि मलाई टार्गेट बनाइयो । म कहाँबाट असुरक्षित भए । मेरो र परिवारको सुरक्षा कसले लिने । के म यहाँको नागरिक होईन’, उनले भनिन्, ‘हिजो छलफल र बहसबाट प्रदेशको नाम राखियोस भन्दा यहाँ बुहमतले कोशि नाम राख्ने अनि मलाई अचानो बनाउने ।’
विराटनगरमा भित्र प्रदेशसभा बैठक चलिरहँदा बाहिर सडकमा भने प्रदर्शन भइरहेको छ । प्रदेशसभाको बैठकमा सांसदहरूले पहिचान पक्षधरका आन्दोलनकारीसँग छलफल गर्न तत्काल वार्ता समिति बताउन माग गरेका छन् ।
यो पनि पढ्नुहोस्











