Logo
Logo

पार्टीले निर्देशन दियो, सरकारबाट बाहिरिन्छौँ- मिक्सो 


16k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ लाई प्रदेश सरकारबाट बाहिरिन पार्टी केन्द्रले निर्देशन दिएको छ । केन्द्रको निर्देशनसँगै माओवादी प्रदेश १ संसदीय दल छलफलमा जुटेको छ ।

पार्टी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएको माओवादी प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’ले पुष्टि गरेका छन् । उनले भने– ‘पार्टी केन्द्रले प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिएको छ । सोही अनुसार पार्टी संसदीय दलमा छलफल चलिरहेको छ । हामी बाहिरिन्छौँ ।’

अध्यक्ष नेम्वाङले पार्टीको निर्देशनसँगै सरकारबाट बाहिरिने निश्चित भएको बताएका छन् । उनले अब पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल थालिएको समेत बताएका छन् । अध्यक्ष मिक्सोले भने– ‘पार्टीको निर्देशनसँगै सरकारबाट बाहिरिनुपर्ने हुन्छ । त्यस्तो परिस्थितिमा हाम्रो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कुरा भएको छ । तर, यो विषय गठबन्धनमा आबद्ध दलहरूबिच छलफल भएपछि टुङ्गो लाग्छ ।’

प्रदेश १ सरकालाई दिएको समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिने भएपछि हिम्मत कार्की नेतृत्वको एमाले सरकार सङ्कटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्