Logo
Logo

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीको आज बिहान बसेको प्रदेश संसदीय दलको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का अनुसार बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन दिएको छ ।

कोशी सरकारमा माओवादीबाट दुई जना मन्त्री छन् । दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

त्यस्तै माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । सरकार गठनका लागि पहल गर्न अध्यक्ष नेम्वाङको नेतृत्वमा समिति पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्