Logo
Logo

एमालेमा वरिष्ठ उपाध्यक्षसहित ३६० जनाको जिम्मेवारी हेरफेर (सूचीसहित)


2.8k
Shares

काठमाडौं । नेकपा एमालेले एकैपटक वरिष्ठ उपाध्यक्षसहित तीन सय ६० केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले दोस्रो चरणको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत खटिएका नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गरेको हो ।

सबैलाई कार्यकारी जिम्मेवारी दिने नीतिअन्तर्गत सहइन्चार्ज र उपप्रमुखको जिम्मेवारी खारेज गरेर एमालेले केन्द्रीय तहका नेतालाई पालिका तहसम्म इन्चार्जका रूपमा खटाउने गरी निर्णय गरेको छ ।

मंगलबार जारी अन्तर पार्टी निर्देशनमा उपाध्यक्षहरूलाई पार्टीका ३३ विभागको जिम्मेवारी दिइएको छ भने ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्