
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको उम्मेदवार बन्न राखेको ७० वर्षे उमेर हद हटाएको छ ।
हालै सम्पन्न केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकले ७० वर्षे उमेर हदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने, एमालेले तल्लो तहमा पठाएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।
एमालेको नवौ महाधिवेशनले केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमा व्यवस्था गरेको थियो । २०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनमा पनि उमेर हद राखिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउने योजनासहित एमालेले उमेर हद हटाएको हो ।
यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावनामा अवरोध भएको छ ।











