Logo
Logo

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु


7.4k
Shares

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले आज बुधबार बसेको मन्त्रिपरिषद बैठकका महत्वपूर्ण ६ निर्णयहरु पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।

जसमा सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय गरेको छ । त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेल नियुक्त भएका छन् ।

त्यसैगरी आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।

माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने, काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको बेल्जियम भ्रमण स्वीकृत गर्ने, मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्