Logo
Logo

यस्तो छ सुदूरको नीति तथा कार्यक्रम (पूर्णपाठ)


1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा थुप्रै आकर्षक नाराहरु उल्लेख छन् । तर, कार्यान्वयन तथा नतिजाको विश्वसनीय आधार भने प्रस्ट छैन ।

प्रदेश सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकार ‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रम घोषणा गर्दै कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, पर्यटन पूर्वाधार विकास, एकीकृत बस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने गरी आकर्षक नारासहितका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने, गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

यस्तै सेती, कर्णाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने कार्यक्रम पनि प्रदेश सरकारले अगाडि सारेको छ ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्