
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न जसपाले जेठ २७ गते (शनिबार) बैठक बोलाइएको हो ।
बैठक केन्द्रीय कार्यालय, बालकुमारीमा दिउँसो १ बजे बस्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।











