
काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।
कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । पार्क गरेर राखेको ग३च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।
चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो । घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ ।











