
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा हाडजोर्नी विशेषज्ञ डा. रामकेवल साहको निधन भएको छ ।
लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एक साता अगाडी दिल्ली लगिएको थियो ।
तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । उनी चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।











