Logo
Logo

माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने


945
Shares

काठमाडौं । मधेश प्रदेश सभाको आज बस्ने बैठक सत्तारूढ दल नेकपा माओवादी केन्द्रले बहिस्कार गर्ने भएको छ ।
आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।
आज (बिहिबार) दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । ‘हामी मात्रै होइन कि कुनै पार्टीका सांसदले दिएका सुझावहरू नीतिरकार्यक्रममा समेटिएनन्। त्यसैले हाम्रो पार्टीका सम्पूर्ण सांसदले बैठक बहिस्कार गर्न लागेका हुन्,’ एक सांसदले भने ।

सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेको प्रति समेत माओवादीको असन्तुष्टि छ । केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुइवटा मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ ।

गएको जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो । यद्यपि हालसम्म माओवादीले भने मन्त्री फिर्ता बोलाएको छैन । मधेश प्रदेश सरकारमा माओवादीको तर्फबाट सुनिता यादवले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्।

सरकार नसच्चिए छिट्टै मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

प्रतिक्रिया दिनुहोस्