Logo
Logo

स्याङ्जा जाँदै एमाले अध्यक्ष ओली


3.5k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाने भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्न उनी त्यहाँ जाने भएका हुन् ।

उनले आज बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्