Logo
Logo

जलहरी बहस रेकर्डबाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति


1.3k
Shares

काठमाडा । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा रेकर्डबाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा बोल्दै सांसद खतिवडाले संसदमा सांसदहरुले उठाएको महत्वपुर्ण विषयहरु संसदकाो रेकर्डबाट हटाउनु नहुने बताएका हुन् ।

उनले यसअघि संसदमा उठेको पशुपतिनाथको मन्दिरमा लगाइएको जलहरी प्रकरण संसदमा उठेको तर पछि रेकर्डबाट हटाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकडबाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनबाट हटने छैन् ।’

प्रतिक्रिया दिनुहोस्