Logo
Logo

‘नदीनाला विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धी मान्नेहरु नेतृत्वमा छन्’


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भारतको संसद राखिएको नयाँ नक्सामा नेपालको भूमि सामेल गरी राख्दासमेत प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष लिङदेनले भने, ‘देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धी ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।’

उनले देश संकटमा परेको भन्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन भूतपूर्व सैनिकहरूलाई आह्वानसमेत गरे । उनले भने, ‘यो लडाइँ देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँ, यो लडाइँमा उभिनु पर्ने भयो । यसमा एकचोटी तपाईँहरूको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु । तपाईँहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो ।’

राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्