
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न महाधिवेशनबाट विश्वमणी सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्षका प्रतिस्पर्धी भुपराज खडकालाई र राघव साहलाई हराउँदै सुवेदी अध्यक्ष निर्वाचित भएका हुन् । उनले १४७ मत प्राप्त गर्दा खड्काले ११९ र साहले जम्मा १५ मत प्राप्त गरे ।
यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी भएका छन् ।
महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भएका छन् । सचिव खुलामा शिवप्रसाद ढुंगाना, अनिल शाही र पूर्णबहादुर कार्की विजयी भएका छन् ।
यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने, सचिव (दलित)मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी भएका छन् ।
त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् ।
उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट/प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य नारा











