
धनगढी । नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।
आज (आइतबार) बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेकाे आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चिमका नागरिक आनदोलनमा उत्रिएका छन् ।
उनीहरुले आज विहानैदेखि पदेशमा आम हड्ताल सुरु गरेबका छन् । आम हड्तालका कारण शुदुरपश्चिमका धेरै जिल्लाको आवत जावतमा प्रभाव परेको छ ।











