Logo
Logo

आफूलाई ‘झोले सांसद’ भन्न रुचाउँछु : दीपक गिरी


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । ‘आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको- बाबु, मेरो त एउटा खसी मर्यो नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि ! यस्तो छ नागरिकको बुझाइ,’ उनले भने । सांसदले कानुन, विधेयक बनाउनुपर्ने भन्ने नागरिकलाई थाहा नभएको उनको भनाई छ ।

सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद समेत दिए । ‘म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पु¥याइदिनुभयो,’ सांसद गिरीले भने, ‘चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।’

यस्तै उनले सरकारमा भएकाहरूले शीर्ष नेताको क्षेत्रमा बढी बजेट राख्ने गरिएको भन्दै आपत्ति पनि जनाए । बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने उनले बताए ।

हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे । हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ ।

‘बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने रु किन बिहान १० बजे, १२ बजे नहुने रु मैले कारण के रहेछ भनेर हेरेँ- जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ,’ उनले भने, ‘ त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ । त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ । त्यो कारण चलेको चलन नेपालमा आयो । त्यो सुर्धानुप¥यो ।’

प्रतिक्रिया दिनुहोस्