Logo
Logo

एमालेमा उमेरहदबारे प्रतिक्रिया दिन मानेनन् ओली


3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका छन् ।

आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्रता दिनुपर्ने बताएका हुन् । उनले जिवन्त गतिशिल मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने जिकिर गरे ।

एमालेमा उमेरहदका बिषयमा सोधिएको प्रश्नमा भने उनले प्रतिक्रिया दिन चाहेनन् । उमेरहदका बारेमा पत्रकारहरुले सोधेको प्रश्न सुनेपछि उनले प्रशंग मोड्दै कलाकै कुरा गरे । उनले भने, ‘मानवीय जीवनमा कला पनि एक मुख्य अंग हो ।’

प्रतिक्रिया दिनुहोस्