Logo
Logo

नेपाल एयरलाइन्सले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै


7k
Shares

रुपन्देही । राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम (नेपाल एयर) ले पहिलो पटक रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने भएको छ ।

सञ्चालनमा आएको १३ महिनापछि भोली (मङ्गलवार) बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं जाने भएको हाे ।

०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् । यसैबीच भैरहवामा व्यावसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ ।

भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई ‘टर्न–अराउड’ उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालकदलका सदस्यहरू पनि हेरफेर हुँदैनन् । न त इन्धन नै भरिन्छ ।

निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने र तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरूसहित ८/१० जना भैरहवामा अवतरण गर्ने र बाँकी काठमाडौं ओर्लने बताए ।

प्रतिक्रिया दिनुहोस्