
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित लागुऔषध चरेशसहित एक जना विदेशी नगरिकलाई नियन्त्रणमा लिएको छ ।
टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय जर्मन नागरिक पउल वेस्टर्सलाई झण्डै ७ किलो लागु औषध चरेशसहित आज (सोमबार) बिहान विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती विदेशी नागरिकले सुटकेशमा फल्सबटम बनाएर लागुऔषधलुकाएर ल्याएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न ब्युरोलाई बुझाएको छ । थप विवरण खुल्न बाँकी रहेको एसपी जोशीले बताए । यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने प्रहरीले बताएको छ।











