Logo
Logo

अर्थ समितिले गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई बोलायो


693
Shares

काठमाडौं । अर्थ समितिको आज (सोमबार) बसेको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरिएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको हो । बैठकमा बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य सन्तोष चालिसेले बताए ।

सांसद ज्ञानेन्द्र शाही र पूर्णबहादुर तामाङले पनि बैंकको कार्यक्षमतामा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्