काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरुको जीवन विमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरुको जीवन विमा आवश्यक रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रीसँग कुरा गरेर जीवन विमाको पहल गर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुराएर पार्टीमात्रै नभएर देशकै लागि गौरवको बिषय भएको जिकिर गरे । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो ।











