Logo
Logo

सय वाटका गाडी सर्वसाधारण चढ्ने गाडी होइन- अर्थमन्त्री


1.6k
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सय किलोवाट क्षमताको विद्युतीय गाडी चढ्नेहरू सर्वसाधारण नागरिक नभएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले बजारमा चलाइएको हल्ला जस्तै सय किलोवाट क्षमताको विद्युतीय गाडी चढ्नेहरू आम सर्वसाधारण नागरिक नरहेको बताएका हुन् ।

जवाफ दिने क्रममा मन्त्री महतले भने– ‘हल्ला गरिएझैँ सय किलोवाट क्षमताको विद्युतीय गाडी सर्वसाधारणले चढ्ने गाडी होइन । सर्वसाधारणले गाडी चढ्ने हैसियत राख्दैनन् । त्यसैले यसमा बढेको कसले सर्वसाधारणलाई असर गर्‍यो भन्नु उचित हुँदैन ।’

अर्थमन्त्री शर्माले विद्युतीय सवारीमा दिइएको छुटका कारण अत्यधिक मात्रामा राजस्व घटेको समेत बताएका छन् । अर्थमन्त्री शर्माले भने– ‘विद्युतीय साधनमा छुटको व्यवस्था गरिँदा राजस्व संकलन अत्योधिक घट्यो । त्यस कारण राजस्व सङ्कलनकै लागि केही कर वृद्धि गरिएको हो । यस निर्णयबाट राजस्व वृद्धि हुन्छ भन्ने विश्वास लिइएको छ ।’

अर्थमन्त्री शर्माले विद्युतीय सवारीमा बढाइएको करका कारण पुनः इन्धनका गाडीको सङ्ख्या बढ्छ भन्ने अवस्था नरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्