Logo
Logo

माधव नेपाललाई प्रचण्डले भने- सरकारमा बसेर बजेटको विरोध नगरौँ


5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान अध्यक्ष नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् ।

सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

‘एकीकृत समाजवादी सत्ता साझेदार दल हो । मूलतः सरकारमा बसेपछि बजेटको विरोध गर्नु भएन’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आयो त्यो राम्रै आएको छ । यसमा सबै सहयोग गरेर जानुपर्छ ।’

आर्थिक संकट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा बताएका थिए । ‘हामीलाई धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा थियो । आर्थिक स्थितिका बारेमा तपाईँहरू आफैँ जानकार हुनुहुन्छ । यो बेला सहयोग गरेर जानुपर्नेमा उल्टै विरोध गरे विरोधी बल पुग्ने बाहेक केही हुँदैन’, ती सांसदले भने ।

प्रतिक्रिया दिनुहोस्