Logo
Logo

सर्लाहीमा गाडीको ठक्करबाट छोरीको मृत्यु, आमा घाइते


2.7k
Shares

सर्लाही । सर्लाहीमा गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकका छन्।

नवलपुर(मलंगवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका–१० सलेमपुरमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका ५ मोहनपुर घर भई सलेमपुरस्थित माइती घर आएकी २१ वर्षीया सबनम खातुनको मृत्यु भएको हो।

दुर्घटनामा उनकी आमा ६२ वर्षीया अबेदा खातुन गम्भीर घाइते भएकी छन्। उनको उपचार नेसनल मेडिकल कलेज (वीरगन्ज) मा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार साँझ सडकमा हिँडिरहेका आमाछोरीलाई चारपांग्रे गाडीले ठक्कर दिएको हो। तर दुर्घटना हुनासाथ फरार भएकाले गाडीको नम्बर पहिचान हुन सकेन ।

गाडीको ठक्करबाट आमाछोरी नै गम्भीर घाइते भएका थिए । उनीहरुलाई प्रादेशिक अस्पताल (मलंगवा) मा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लगिएको थियो। उपचारका क्रममा छोरी सबनमको गएराति मृत्यु भएको हो।

दुर्घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयले सोमबार साँझ नवलपुर–मलंगवा सडक पाँच घण्टासम्म बन्द गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्