
काठमाडौं । हङकङमा जारी एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि सबैभन्दा बढी ओपनर कविता कुँवरले २० रन बनाइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।
बलिङ भने नेपालको कसिलो थियो । नेपालले पाकिस्तानलाई १९.२ ओभरमा अलआउट गर्दै ८७ रनमा समेटेको थियो । नेपालकी इन्दु बर्माले ३ विकेट लिएकी थिइन् भने कविता जोशी, सीता रानामगर र कविता कुँवरले समान २/२ विकेट लिएका थिए ।
पाकिस्तानका लागि शावाल जुल्फिकारले सर्वाधिक २८ बनाइन्। कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाए। अन्य ब्याटर भने सस्तैमा समेटिएका थिए।
थाईल्याण्डले भिसा प्रक्रियामा असहमति जनाउँदै सहभागी हुन अस्वीकार गरेपछि नेपालले इमर्जिङ कपमा मौका पाएको हो ।














